सेयर बजार

साताभर ५०.३९ अंकले घट्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, २९ कार्तिक २०८२, ११ : १९

काठमाडौं- यस साता नेप्से परिसूचक ५०.३९ अंकले घटेर २५४५.७३ विन्दुमा आईपुगेको छ। गत साता  २५९६.१२ विन्दुमा बन्द भएको नेप्से यो साता ५०.३९ अंक घटेर २५४५.७३ विन्दुमा पुगेको हो ।

यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

यस साता औसतमा ४ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ४ अर्ब ९० करोडको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ५१ करोडको भयो । मंगलबार ३ अर्ब ६२ करोड, बुधबार ३ अर्ब ७९ करोड तथा बिहीबार ३ अर्ब ४९ करोडको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ५.८० अंकले घटेर २५६०.२९ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको ८६ लाख ४७ हजार ८८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से १.१३ अंकले बढेर २५४५.७३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको ७६ लाख ५ हजार ५८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

 
शनिबार, २९ कार्तिक २०८२, ११ : १९

प्रतिक्रिया