अर्थतन्त्र

कोभिडपछि तंग्रिएको अर्थतन्त्र जेनजी विद्रोहले संकटमा, निजी क्षेत्रको मनोबल कसरी उठ्ला ?

आइतबार, ३० कार्तिक २०८२, १२ : ५९

काठमाडौं– मुलुकमा ‘जेनजी आन्दोलन’ पछि नयाँ परिस्थिति सिर्जना भएको छ । सुशासनको अभाव, व्याप्त भ्रष्टाचार र बढ्दो बेरोजगारीका कारण उत्पन्न ‘जेनजी आन्दोलन’को निशानामा मुलुकका सरकारी एवं निजी संरचना परेर धराशायी भएका छन् । 

सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत थुप्रै सरकारी र नीजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुमा आन्दोलनकारीको आगजनी हुँदा अर्बौंको क्षति भएको छ । मुलुककै अर्थतन्त्रको मेरुदण्ड मानिएको निजी क्षेत्रका व्यापारिक घराना, उद्योगधन्दा र निजी सम्पत्तिमाथिको आक्रमणले व्यवसायीहरु हतोत्साहित छन् ।

यसले उद्योग, पर्यटन, व्यापार, उत्पादन क्षेत्र र व्यवसायिको आत्मबल कमजोर बनाएको उद्योगीहरु बताउँछन । मुलुकको अर्थतन्त्र पहिले नै कमजोर रहेको बेला जेन जी आन्दोलनमा भएको आक्रमणले निजी क्षेत्रको मनोबल गिरेको छ । 

सरकारले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति नदिलाएसम्म लगानीको वातावरण बन्ने अवस्था देखिँदैन । जेनजी विद्रोहमा निजी क्षेत्रमाथिको आक्रमणले लगानीकर्ताको मनोबल गिराएको व्यवसायीहरुले दुखेसो गर्न थालेका छन् ।

नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको स्वीकार्छन् । उनले आजको अर्थसँग कुराकानी गर्दे भने, ‘राजनीतिक स्थायित्व भएन भने आर्थिक समृद्धि हासिल गर्न मुस्किल हुन्छ । साथै जेनजी विद्रोहपुर्व कोभिड १९ देखि कमजोर बनेको अर्थतन्त्र विकासन्मुख अवस्थामा रहेको थियो । तर जेनजी विद्रोह पछि संकटोन्मुख अवस्थामा पुगेको छ । यसअधि झण्डै ४.६ जि.डि.पि रहेको अर्थतन्त्र अहिले घटेर २.१ मा पुगेको छ ।’

तथापि, वर्तमान सरकारका अर्थमन्त्री रामेश्वर खनालले भने केहि सकरात्मक काम गरेको मल्लको बुझाइ छ । सरकारले लगानीकर्ताको आत्मबल बढाउन अनिवार्य रुपमा शान्ति सुरक्षाको प्रत्याभुति गर्नु अहिलेको प्रमुख माग रहेको र त्यसले मात्र निजी क्षेत्र चलायमान हुन सक्ने उनको निष्कर्ष छ । राजनीतिक स्थायित्व,सुशासन र प्रभावकारी आर्थिक नीती भए देशमा आर्थिक विकासको प्रचुर सम्भावना रहेको मल्ल औंल्याउँछन् । 

चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल पनि देशको आर्थिक विकासमा थुप्रै खालका उतारचढाव देखा परको अवस्थामा जेनजी विद्रोहले अर्थतन्त्र थप संकटमा पुर्याएको बताउँछन् ।सुशासनको अभाव, व्याप्त भ्रष्टाचार र बेरोजगारीको समस्याले वर्तमान समस्या निम्तिएको अग्रवालको बुझाइ छ । 

उनी भन्छन्, ‘२०७२ सालको भुकम्प, कोविड १९ र जेनजी विद्रोहसम्म आइपुग्दा आर्थिक वृद्धिदर घट्ने–बढ्ने क्रम जारी रहयो । यस्तो खालको परिणाम निम्त्याउनुमा मुख्यतः सुशासनको अभाव, व्याप्त भ्रष्टाचार र बेरोजगारीको समस्या हो ।’

आर्थिक नीति सही ढंगलले परिचालन नहुँदा मुलुकको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको उनको जिकिर छ । अग्रवालले भने, ‘आर्थिक–राजनीति स्थायित्व र  शान्ति सुरक्षताको प्रत्याभुती भयो भने मुलुकमा समृद्धिको प्रचुर सम्भावना छ ।’    

 

 
 
 
 
आइतबार, ३० कार्तिक २०८२, १२ : ५९

प्रतिक्रिया