तीन महिनामा ३६.७ प्रतिशतले बढ्यो सेयर धितो कर्जा, कुन रेन्जको कति ?

मंगलबार, ०२ मंसिर २०८२, १४ : ०७

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा करिब ३७ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको तथ्यांकअनुसार समीक्षा अवधिसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुबाट १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ कर्जा गएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ३६.७ प्रतिशतले बढेको हो । 

चालु आर्थिक वर्षको असोजसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ९८ करोड ५८ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष यस अवधिमा यो रेन्जको कर्जा ६९ अर्ब ९७ करोड १ लाख रुपैयाँ गएको थियो। जसअनुसार यस रेन्जको कर्जाको माग ४४.३२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ७० करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ८२ करोड ३७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ४३ करोड ८ लाख रुपैयाँ गएको छ। 

गत वर्ष समीक्षा अवधिमा बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ८७ करोड र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ गएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३०.२८ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १९.८६ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४.०६ प्रतिशतले बढेको देखिन्छ।

 
मंगलबार, ०२ मंसिर २०८२, १४ : ०७

प्रतिक्रिया