सेयर बजार

नेप्सेमा १५.७० अंकको वृद्धि, ४ अर्ब १० करोडको कारोबार

मंगलबार, ०२ मंसिर २०८२, १५ : ११

काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा कायम भएको छ । 

आज दिनभरिमा ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Capture

आज सहास उर्जाको सर्वाधिक २२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा वरुण हाईड्रोपावरको १५ करोड ६५ लाख रुपैयाँ र तेस्रोमा माउन्टेन इनर्जीको १३ करोड २५ लाख  रुपैयाँको सेयर कारोबार भएको छ । 

यसदिन सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै,  र बुङगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्  भने बन्दीपुर केबलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । 

एभरेष्ट बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले आज सर्वाधिक ३.५४ प्रतिशतका दरले गुमाएका छन् ।

 
मंगलबार, ०२ मंसिर २०८२, १५ : ११

प्रतिक्रिया