जनकपुरमा मुख्यमन्त्रीबाट कुटनीतिक मर्यादा उल्लंघन भयोः प्रधानमन्त्री

६ बर्ष अगाडि

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको  अभिव्यक्ति आएको बताएका छन् ।
उनले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु यादवको नाम नलिई उनको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको बताएका हुन् ।
उनले भने–‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’

यस्तै  ओलीले  हवाई रुट थप्न भारतसँग सहमति भएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा थप ४ वटा रुट थप्न प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जानकारी गराए । हाल नेपाल प्रवेश गर्ने एक वटामात्रै हवाई रुट रहेको छ ।
‘अहिलेको कनेक्टिभिटीको जमानामा हवाइजहाज पस्ने रुट सिमरा हुँदै एकमात्रै छ । अब भैरहवा, विराटनगरतिरबाट पनि रुटहरु चाहिएको छ ।  दुई प्रमको तहमा थप चार रुट लिनको लागि प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको छ।’, ओलीले भने, ‘सेप्टेम्भेर भित्र अध्ययनको काम सम्पन्न गर्ने भनेका छौं ।’
उनले तराईमा रहेको डुबानको समस्या समाधान गर्न पनि भारतीय प्रमसाग गम्भीरताका साथ कुरा उठाएको पनि संसदलाई जानकारी गराए ।

६ बर्ष अगाडि

प्रतिक्रिया