काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता महेश्वर दाहालले पार्टीभित्र देखा परेको गलत प्रवृत्ति विरुद्ध नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनले पार्टी केन्द्रमा एक प्रस्ताव राख्दै पार्टीले सबैभन्दा पहिले आफ्नै कार्यशैली सुधार्न आवश्यक रहेको जानकारी गराएका हुन् ।
नेता दाहालले पार्टीभित्रका केही गलत नेताहरुको भ्रष्टाचार र व्यभिचारका कारण परिवर्तनका लागि गरिएको त्याग र बलिदान उपहासको विषय बनेर खिल्ली उडाइएको उल्लेख गरेका छन् ।
उनले आफ्नो लिखित प्रस्तावमा भनेका छन्, ‘माओवादी, नेपाली कम्युनिष्ट पार्टी चारैतर्फ घेराबन्दीमा परेको स्पष्ट देखिन्छ । पार्टीभित्र १०–८ प्रतिशत गलत नेताहरू र कार्यकर्ताहरूले गरेको भ्रष्टाचार र व्यभिचारका कारण परिवर्तनका लागि गरिएको त्याग र बलिदान उपहासको विषय बनेको छ । खिल्ली उडाइएको छ ।’
यो पनि पढ्नुस्
त्यसका लागि निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेर त्यसैमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले औपचारिक बैंकिङ माध्यमबाट मात्र सहयोग गर्न सक्ने व्यवस्था गर्नुपर्ने दाहालको भनाइ छ ।
‘हामीले आगामी प्रतिनिधिसभा निर्वाचन जनताको विश्वासमा, जनताकै मत र जनताकै सेवाका लागि लड्ने कुरालाई प्रष्ट पार्नैपर्छ । यो चुनाव कुनै विवादास्पद व्यापारी, ठेकेदार वा स्वार्थ समूहको पैसाले होइन, इमानदार नागरिकहरूको स–सानो योगदानबाट सञ्चालन हुनेछ भनेर भन्नुपर्छ ।’, नेता दाहालको लिखित प्रस्तावमा भनिएको छ, ‘कुनै पनि विवादास्पद व्यापारी, कालोधन, बिचौलिया वा गुप्त सम्झौताबाट आएको रकम स्वीकार नगर्ने प्रतिबद्धता गर्नुपर्छ । प्राप्त सबै चन्दा र खर्चको विवरण नियमित रूपमा सार्वजनिक गर्ने । खाता खुला र खर्च पारदर्शी बनाउने ।’
पार्टी शुद्धीकरणका लागि पेश गरिएको आफ्नो लिखित प्रस्तावमा समेटिएका पार्टी सुधारका सुझाबहरु नयाँ राजनीतिक संस्कारको अभ्यास भएको बताउँदै पैसाले नभएर जनविश्वासले चुनाव जित्ने राजनीति निर्माण गर्नुपर्ने आवश्यकतातर्फ दाहालले जोड दिएका छन् । साथै उनले आफू इमान्दार राजनीतिका लागि अघि बढ्ने बताउँदै त्यसका लागि साथ दिन सबैसँग आग्रह समेत गरेका छन् ।
‘यो हाम्रो प्रतिबद्धता मात्र होइन, नयाँ राजनीतिक संस्कारको अभ्यास पनि हो । हामीले पैसाले होइन, जनविश्वासले चुनाव जित्ने राजनीति निर्माण गर्नुपर्छ । जहाँ हुनुहुन्छ, त्यहींबाट इमानदार राजनीतिका लागि साथ दिनुहोस् भनेर जाओैं ! म चाहिँ त्यसरी नै जाने सोंच बनाएको छु ।’, दाहालको लिखित प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया