रास्वपामा असन्तुष्टि बढ्दो, अर्की संस्थापक सदस्यले पनि पार्टी छाडिन्

बुधबार, ०६ फागुन २०८२, १२ : १९

काठमाडौं– रास्वपाकी संस्थापक सदस्य एवं नेतृ खेम कुमारी भुर्तेल(उर्मिला)ले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेकी छिन् । उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी हुन्  । 

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग, आर्थिक अनियमितताको आरोप

राजीनामा पत्रमा उनले लेखेकी छिन्–‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला  ११ जना उम्मेदवारमध्ये मधेस प्रदेशको एक्लो महिला उम्मेदवार । आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु। तर पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक वादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखेको छ। जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु ।’

आर्थिक अपचलन भएको आरोप लगाउँदै रास्वपाबाट बाहिरिए राणा

यस अघि रास्वपाको उम्मेदवारी चयनमा असन्तुष्टि जनाउँदै प्रणय शम्शेर जबराले पार्टी परित्याग गरेका थिए । आज(बुधबार) मात्रै मधेश प्रदेशकी संस्थापक सभापति रहेकी ममता शर्माले पनि पार्र्टी छाडेकी छिन् । 

 
 
 
बुधबार, ०६ फागुन २०८२, १२ : १९

प्रतिक्रिया