असंलग्न मुलुक नेपालमा युद्धको अनावश्यक  तनाव

मंगलबार, ०३ चैत्र २०८२, १३ : ०३

काठमाडौं - युद्ध कसैको लागि पनि लाभदायक हुन सक्तैन । कालान्तरमा युद्धका आयोजकहरु पनि युद्धको पीडाबाट गुज्रनुपर्ने हुन्छ । नेपाल एउटा असंलग्न परराष्ट्र नीति अंगालेको मुलुक हो । अहिले युद्ध भएको क्षेत्रभन्दा धेरै टाढा रहेको छ नेपाल । तर पनि कुनैन कुनै रुपमा युद्धको प्रभाव,पीडा र तनाव भोग्न्परेकै छ । 

निश्चय नै कुनै दुई देशबीचमा युद्धहुँदा ती देशसँगका नियमित कारोबार प्रभावित हुन्छन् नै । तर यो कुनै कारोबारको कुरामात्र होइन । अहिले खाडी मुलुकमा अमेरिका र इरानको युद्धहुँदा नेपालको औद्योगिक क्षेत्र प्रभावित हुन थालेको छ । कच्चा पदार्थको अभाव भएर यस्तो हुन गएको हो । यस्तो यी प्रदेशमा हुने व्यापारिक काम पनि प्रभावित हुन्छ । जो तत्काल परिणाम आइनसेको पनि हुन सक्दछ । यी अप्रत्यक्ष प्रभाव हुन् तर यहाँ चर्चा गर्न खोजिएको विषय हो प्रत्यक्ष मानवीय क्षतिको । केही पहिले इजरायल प्यालेस्टिनी युद्धहँुदा दशबाह्र जना नेपालीले ज्यान गुमाए । उनीहरू अध्ययनका लागि इजरायल गएका थिए । त्यही क्रममा अपहरणमा परेका नेपालीका बारे नेपालीको मन दुःखेको थियो । अर्को रुस युक्रेन नेपालभन्दा निकै टाढाका भूभाग हुन् । ती दुई देशबीचको युद्धमा पनि थुप्रै नेपाली मारिए । जबकि यी दुवै देशप्रति नेपालको समान सम्बन्ध थियो ।

नेपाल असंलग्न परराष्ट्र नीति अंगिकार गरेको मुलुक हो । यस हिसावले नेपालको सबैसँग मैत्रीपूर्ण व्यवहार छ । कसैसँग शत्रुता छैन । तर पनि विगत डेढदुई वर्ष यता नेपालभन्दा धेरै टाढा रहेका देशका युद्धमा धेरै नेपालीले ज्यान गुमाइसेका छन् । गएको हप्तामात्रै अमेरिका इरान युद्ध सन्दर्भमा ती देशभन्दा अन्यत्र नै रहेका एक नेपालीले ज्यान गुमाउनु प¥यो भने, ठूलोसंख्याका नेपाली घाइते अवस्थामा छन् । मध्यपूर्व द्वन्द्वका क्रममा इरानको ड्रोन हमलामा मारिएका ती २९ वर्षीय युवकको ज्यान गएको हो । अबुधाबीस्थित नेपाली राजदूतावासले यो घटनाबारे जानकारी गराउँदै अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुःखद् निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ, भनेर जानकारी गरायो । पश्चिमको भीमसेन थापा गाउँपालिका–७ ठाटीबजार स्थायी घर भएका उनी काठमाडौंमा ओभरसियर पढ्दै गर्दा तीन वर्षअघि वैदेशिक रोजगारीका लागि यूएई गएका थिए । उनी त्यो परिवारका एक्ला सन्तान हुन् । अब छिट्टै छुट्टीमा घर आएर बिहे गर्ने तयारीमा थिए उनी । यो खबरपछि त्यो गाउँ स्तब्ध भएको छ । यो भूमि नेपालभन्दा निकै टाढा छ । उनी त्यहाँ जाँदा युद्धको कुनै संकेत थिएन । यतिबेला खाडी प्रदेशमा आफ्ना सन्तान रहेकाहरू नेपालमा सबै छटपटिमा छन् । कतिपय त फर्किएर आउन खोज्दा पनि पाइरहेका छैनन् ।

युद्धले यस क्षेत्रको अर्थतन्त्रमा पनि गम्भीर प्रभाव पार्न थालेको छ । नेपाल युद्धग्रस्त मुलुकहरुको छिमेकी पनि होइन । तर यता क्षतिभने ठूलै सहनुपरेको छ । कसैसँग युद्ध नगर्ने नीति भएको देशले खप्नुपरेको युद्धबाट पुगेको यो मानवीय क्षति वास्तवमा नै सामान्य छैन । सरकारले कुटनीतिक पहलमार्फत् यसको उपचार खाजोस् । भविष्यमा पर्ने पर्ने संभावित आर्थिक तथा अन्य संकटबाट मुलुकलाई जोगाउने गुहकार्य आजैबाट थाल्नुपर्दछ । 

मंगलबार, ०३ चैत्र २०८२, १३ : ०३

प्रतिक्रिया