काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिन लागेका छन् । मुलुकको ४३ औं प्रधानमन्त्री बन्न लागेका ३६ वर्षीय बालेनले शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथ लिन लागेका हुन्।
रास्वपाले बालेनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गर्ने तयारी गरेको छ। बालेन संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।
गणतन्त्र स्थापनापछि देशमा पहिलो पटक धारा ७६(१) अनुसार सरकार गठन हुन लागेको हो। रास्वपाले चुनावअघि नै बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो।
यो पनि पढ्नुस्
बालेनको राजनीतिमा नाटकीय सफलता, र्यापरदेखि मेयर हुँदै प्रधानमन्त्रीको यात्रा
शुक्रबार नै बालेनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत गरेका छन्। मन्त्री छनोटका लागि रास्वपाका नेताहरू केही दिनदेखि सघन छलफलमा जुटेको बताइन्छ। बालेनले १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बुझिएको छ।
बालेनले हिन्दु र बौद्ध धर्मको विधि अनुसार शपथ लिने तयारी गरेको बताइएको छ । उनको शपथ ग्रहण समारोहमा १०८ जना बटुकले स्वस्ति बाचन र १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइने बताइएकाृे छ।
बालेनको शपथ ग्रहण समारोहमा ७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ ।
प्रतिक्रिया