बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डलको समीक्षा

आइतबार, १५ चैत्र २०८२, ११ : १६

मेरो छोटो अनुसन्धानको प्रतिवेदनमा आज मिति २०८२ चैत १३ गते शुक्रबारका दिन रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको ४३औं प्रधानमन्त्री नियुक्ति हुँदा विशेष गरी पुस्तान्त्रर्ण भएकोले सो मन्त्रीमण्डलमा उमेर २९ बर्षदेखि ५१ बर्षसम्मका युवाहरुको सहभागि भएकाले युवापुस्तामा धेरै उत्साह देखिएको छ। 

बालेन प्रधानमन्त्री हुँदाको खुशीमा शितल निवास शपथ समारोह र सिंहदरबारको पदभार ग्रहण गर्दाको समय सामाजिक सञ्जालहरुमा देखिएको उत्हास दृश्यले अनुमान गर्न सकिन्छ की नेपाली जनता कित खुशी थिए। नेपालको संविधानमा रहेको धर्मनिरपेक्ष स्वीकार गर्दै हिन्दु र बौद्ध धार्मिक बिधि बमोजिम साइत हेरेर बालेनले प्रधानमन्त्री पदको शपथ लिइ रहँदा शितल निवासमा नारा नै लागेको देखिन्थ्यो। यो नेपाली जनताको ठूलो खुशीयाली हो र अबको सरकारले नेपाली जनताको आवाज लिएर सरकार संचालन गर्ने छ भन्ने विश्वास लिएकाछन्। 

बालेनको समर्थनमा नारा लाग्नु पछिल्ला केही बर्षयता नौलो विषय होइन्। गैरदलिय उम्मेदवार बनेर २०७९ सालको स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरपालिको मेयर पदमा निर्वाचत भएपछि बालेनप्रतिको आकर्षण सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा बढदो प्रकृया थियो। सो प्रकारले यस निर्वाचनको समयमा पनि काय रहेको देखिन्छ। बालेनलाई नेपाली जनताले नेपाल देशको काँचुली फेर्नु हुन्छ भनि ठूलो आशा तथा विश्वास राखेकाछन्। त्यसैले नेपाली जनताको विश्वास र आशालाई समयमा पूर्ति गर्न वहाँले र वहाँको मन्त्रीमण्डले ठूलो मेहन्त गर्नु पर्नेछ। 

बालेनको पृष्ठभूमि इन्जिनियर भएकाले नेपाल देशलाई नयाँ परिर्वतन तथा नयाँ विकास गर्न बढीमा बढी आफनो सीप र दक्षता प्रयोग गरी नयाँ रुप दिन सक्ने अपेक्षा गर्दै नेपाली जनताले विश्वास राखी आफनो मत दिई देशको कार्यकारीको जिम्मेवारी दिएका छन्। बालेन ३६ बर्षको उमेरमा नेपालकै कार्यकारी पद पाउने अति भाग्यमानि देखिएका छन्। उहाँको टीममा जुन उमेर समूहका युवाहरुले देशको महत्वपूर्ण नेतृत्व लिन पुगेका छन् यो ठूलो फड्को हो, बिश्लेषकहरूले भनेका छन् कि अब नेपाली जनताले युवाहरुको काँधमा देशको नेतृत्व दिनलाई सकारात्मक मानेका छन्। 

मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री बनेर रेकड राखेका बालेन २०४६ सालको बहुदल पुनस्र्थापना पछि जन्मिएका पुस्ता हुन। यसर्थ बहुदल पछिको पुस्ताको काँधमा देशको नेतृत्व आएको अर्थमा पनि बुझन सकिन्छ। आज गठन भएको मन्त्रीमण्डलको समीक्षा गर्दा मुस्लिम र अपाङ्गको प्रतिनिधित्व छुटेको महसुस भएको छ। 

यो मन्त्रिमण्डलको समावेशी बनाउने प्रयत्न गरिए पनि पूर्ण रूपमा समावेशीको भएको छैन्। अब सभामुख तथा उपसभामुख पदमा कुनै एक पदमा दलितको प्रतिनिधित्व गराउनु अत्यावश्यक देखिन्छ भन्ने सुझाव छ। यस भन्दा पहिलेको लेखमा बढीमा १५ मन्त्रालय हुनु पर्छ भने सुझाव थिएकोमा आजको निर्णय हेर्दा मानेको जस्तो लाग्यो त्यसका लागि धन्यवाद छ। हाल १५ मन्त्रालयको समावेशीको समीक्षा गरिएको छ।

chart

माथि उल्लेखित मन्त्रीमण्डलमा आदिवासी जनजाति १३ प्रतिशत, खसआर्य ५३ प्रतिशत, थारु ७ प्रतिशत, दलित ७ प्रतिशत, मधेशी २० प्रतिशत र महिला ३३ प्रतिशतको प्रतिनिधित्वको डाटाले देखाएको तर मुस्लिम र अपाङ्गको प्रतिनिधित्व देखिएन्। यसमा पनि बालेन सरकारको नजरबाट छुटेको हो की र यसलाई पनि प्राथमिता दिनुपर्ला।

पहिलो मन्त्रिमण्डल बसेको बैठकमा दुईटा समावेशीको कमी देखिएको छ। सो कसरी पूर्ति गरिने हो त्यसबारे ध्यान पु¥याउनु पर्ने हुन्छ। तर मन्त्रालयको संख्या बढायो भने खर्च कटौली गर्नको सटा खर्च बढनेछ। देशको आर्थिक स्थिति कमजोर भएर जानेछ। कार्यालयको समय अब देखि ९ बजे बिहानदेखि बेलुका ५ बजेसम्म परिवर्तन गर्नु पर्ने हुन्छ भने सोमबारदेखि शुक्रबारसम्म कार्यालय दिन भनि बनाउनु पर्दछ। दुई दिन शनिबार र आइतबार कार्यालय बन्द गरी कर्मचारीका परिवारलाई पनि दिनुपर्ने पर्छ। जनताको काममा बाधा अरचणना नआउने गरी काम गर्नुपर्छ र कर्मचारीहरुको दैनिक कामको विवरण तयारगरि काम गर्न सक्ने प्रणालीको विकास गर्नुपर्ने हुन्छ। कर्मचारी प्रशासनलाई चुस्त तथा दुस्त बनाउन पर्छ। 

यदि विज्ञको सुझाव तथा सहयोग चाहेमा हामी जस्ता ३२ बर्षसम्म अर्न्तराष्ट्रिय स्तरमा कार्यको दक्षता भएकाले सरकारलाई चाहियो भने कर्मचार्री प्रशासन सुधार तथा योजना तर्जुमा सहयोग गर्न सकिन्छ। म पनि नेपाल र अर्न्र्तराष्ट्रिय स्तरमा प्रशासन सुधार, योजना तर्जुमा र सुशासन विकासको काम दक्ष भएको अनुभव लामु भएकोले सरकारको टीममा बसी सहयोग गर्न सकिन्छ।

मेरो शिक्षाको पृष्ठभूमि हर्ने हो भने पिएचडी समाजशास्त्रमा, एमए योजना तर्जूमामा, एमबिए आर्थिक व्यवस्थापनमा, बिएड सुपरविजनमा र विकम व्यवस्थापन संञ्चालनमा गरेको इतिहास कायम छ। विभिन्न बरिष्ठ पदहरुमा ३२ बर्ष जिम्मेवारी बहन गरेको दक्षता र अनुभव छ। मेरो सिकाईले कुशल कार्य विकास गर्न सहयोग गर्न सकिन्छ।  (लेखक डा. सिंह, हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन् )


 

 
 
 
 
आइतबार, १५ चैत्र २०८२, ११ : १६

प्रतिक्रिया