नेपालमा अन्त्यहीन राजनीतिक प्रयोगको श्रृंखला

आइतबार, २९ चैत्र २०८२, १३ : ५४

भारतको प्रत्यक्ष सहयोग मा ०४६ बहुदल आयो।राजाका अधिकार कटौती गर्यो।राजा कमजोर भए।खाँटी कम्युनिस्ट भएर बाँच्न सकिन्न भन्ने बुझेका मदन भण्डारीले बहुदलीय जनवादको व्याख्या गरे। तर पनि कसैले जोगाउन सकेन। राजनीतिक गडबडीका नायक गिरिजा प्रसाद कोराला भारतकै नजिक थिए।जतिबेला भारत पनि भारतीय कांग्रेसको नेतृत्वमै थियो।

नेपाल पनि एक स्वतन्त्र राष्ट्र हो भनेर विश्व मञ्चमा पहिलो पक्षधरता देखाएको अब दुरको मित्र अमेरिकाले पनि आफ्नो मान्छे ल्याउन यता कांग्रेस भित्रै बाट शेर बहादुर देउवाको नेतृत्त्व खोजियो।उति बेला नै भनिनथ्यो शेर बहादुर देउवा अमेरिकाका मान्छे हुन्।शेर बहादुर देउवा कांग्रेसमा शक्ति शाली हुँदै गए।कम्युनिस्ट बाट पनि बेग्लै प्रयोग हुँदै थियो।

२०५२ मा प्रत्यक्ष या परोक्षरुपमा भारतकै सहयोगमा देउवा लाई माग पात्र बुझाउँदै,जनयुद्धको उदघोष भयो। देश घरेलु युद्धमा फस्यो। युद्धको भूमरी मा शेर बहादुर रक्षात्मक बन्न पुगे।शेर बहादुर देउवा बाट पश्चिमा उद्देश्य पूरा हुने सम्भावना कमजोर हुँदै गयो।अब युद्ध नै आफ्नो पोल्टामा मा लैजाने रणनीतिमा उनिहरु लागे।कुनै बेला श्रीलंका मा पनि यस्तै समस्या मा भारत परेको थियो।

युद्ध लम्बिँदै गयो जनयुद्ध भारतको पोल्टाबाट  युरोपियन युनियन र अमेरिकाको पोल्टामा पुग्यो।राज दरबार हत्याकाण्ड हुँदै यसको प्रभाव संविधान लेखन र घोषणा सम्म आइपुग्दा सतहमै देखिन थाल्यो।यही बीचमा देउवा कै विकल्प मा गगन लाई तयार गरियो।०६२÷०६३  सम्म पुग्दा कांग्रेस संवैधानिक राजतन्त्र को मान्यतालाई छोडेर गणतन्त्र मा पुगेकै हो। यसको अग्रभागमा तिनै गगन थापा थिए।

२०७२ वैशाखमा भूकम्प गयो।यसले घर र मन मात्रै उदाङ्गो बनाएन, देशकै वास्तविक अवस्था छर्लङ्ग बनाइदियो।विपत् व्यवस्थापनको लागि न एक दाना औषधि न एक दाना चामल। राज्य विहीनताको अवस्था प्रष्ट देखियो। यही मौकामा विभिन्न  सहयोगको माध्यम बाट अमेरिका र युरोप लाई कुना कुना पुग्ने अवसर जुर्यो।

गणतन्त्रवादीहरु सँगै अन्तर घुलित भएर२०७२ को संविधानमा युरोप को प्रभाव बढी देखियो। देश गणतन्त्र ,धर्म निरपेक्ष, र संघीयता मा गयो।यही संविधान को घोषणा सँगै भारत को असन्तुष्टि छताछुल्ल भएर पोखियो जसले गर्दा नाकाबन्दी सम्म को अवस्था बन्यो।जति बेला भारतमा कांग्रेस कमजोर हुँदै विजेपी को सत्तारोहण भइसकेको थियो।भारत मैदान बाहिर बाट ढुङ्गा हान्ने अवस्था मा पुग्यो।         

यही खाली ठाउँ अमेरिका र युरोपले पूरा गर्ने मौका मिल्यो। माओवादीकै नेतृत्त्वकालमै यसैको परिणाम भनौं नेपाल एमसीसि को माग गर्ने तहमा पुग्यो। केही समयको अन्तरालमा पास पनि भयो। यसको अग्रभाग मा पनि तिनै गगन थापा थिए।एमसीसी सँग सँगै अब गगन को विकल्प को आधार निर्माण को कार्य पनि शुरु भइसकेको थियो त्यो पनि वैकल्पिक शक्ति को नाममा। नारा थियो पुराना दल बाट केही हुँदैन।विचार विहिन,सिद्दान्त विहिन र स्पष्ट नेतृत्त्व विहीन वैकल्पिक शक्ति को निर्माण हुँदै थियो।

अमेरिकन युथ काउन्सिल यसको शुरुवाती बिन्दु थियो। यहीँ बाट शुरु भएको हो विद्यालय र कलेज मा राजनीतिक दलका भातृ संगठन लाई प्रवेश निषेध को यात्रा।त्यसको अर्को कार्य भार थियो।दलका विरुद्ध नकारात्मक धारणा को विकास गर्ने र दलका कमजोरी छरपस्ट पार्ने। दल र दलको नेतृत्त्व लाई रक्षात्मक अवस्थामा पुर्याएर दबाबमा एसपीपी पास गर्ने।यो सूत्र यति बेलै प्रयोग मा आउन सकेन।

यसका लागि देउवा–ओली तयार देखिएनन्। यसैको परिणाम यही एमसीसीको उपज भाद्र २३ र २४ मा रौद्र रूपमा देखियो। यस पछि बालेन्द्र र सुदन गुरुङ नेपालको राजनीतिको अग्र भागमा देखिए । गगनलाई लाग्यो पालो मिचियो । थाहै पाएनन् उनीबाट जे लिनु थियो लिइ सकियो। तर पनि महामन्त्रीले दोष जति सभापतिको जिम्मा लाएर घाइते शेरबहादुर लाई त्यही अवस्था मै छोडेर सभापति हत्याउने बाटोमा लागे।अमरेश पनि नयाँ  भएर रास्वपा पसेको सायद आँकलन गर्नै सकेनन्। पछि मात्रै थाहा पाए होलान् उनलाई अनुमोदन गर्न कसैले मानेनन्।

उनले एकतामा हैन विभाजन मा देखेको सम्भावना को परिणाम कमजोर देखिएको छ,चाहे त्यो पार्टी मा होस् या चुनावमा। छेउमै बसेर च्याँखे दाउ हेरेर बसेका प्रचण्ड पनि हेरेको हेरै हुन पुगे।जेन्जी आन्दोलन हाम्रो पनि थियो भन्न भ्याई सकेका प्रचण्डले बुझ्नै सकेनन् उनको उपयोगिता सकिएको छ।विधाता को नियति बेग्लै थियो। हुन त सत्ता बाहिर रहेका उनले देउवा को नियति  भोग्नु परेन।

 
 
 
आइतबार, २९ चैत्र २०८२, १३ : ५४

प्रतिक्रिया