आर्थिक–सामाजिक रूपान्तरणको वर्ष बनोस् २०८३

बुधबार, ०२ बैशाख २०८३, १२ : ४७

 काठमाडौं - २ं०८२ नेपाली समाजमा अविस्मरणीय रुपमा रह्याे । यो वर्ष राजनीतिमा ठूलो उथलपुथल मात्र होइन पुस्तान्तरण र असन्तुष्टिको विस्फोटको वर्ष बन्यो । भदौमा भएको जेनजी आन्दोलनले करिब दुई तिहाइको कांग्रेस–एमाले सत्ता ढालिदियो र रास्वपाको नयाँ सरकार बनाइदियो । त्यो पनि दुई तिहाइको। आन्दोलन जुनसुकै कारणले भए पनि गत भदौ २४ को राज्यविहीन अवस्थाबाट निर्वाचन हुँदै देश लोकतन्त्रको
लिकमा फर्किएको छ । यस्तो सन्दर्भमा सुरु भएको नेपाली नयाँ वर्ष ०८३लाई आशा र अपेक्षाको वर्षको रूपमा हेरिएको छ । जनताले राजनीतिक परिर्वतनको
साथै आर्थिक रुपान्तरणको पनि व्यग्र आशा गरेका छन् । 

 निर्वाचन जित्नु आफैँमा उपलब्धि होइन, त्यो त केवल सम्भावनाको ढोका मात्र हो । त्यसैले सुशासन, स्थिरता र समृद्धितर्फ अघि बढ्न सकियो भने मात्र त्यसले सकारात्मक परिणाम दिन्छ । त्यसका लागि सरकारले थालेका प्रत्येक कामलाई तार्किक निष्कर्षमा पु¥याउनुको विकल्प छैन । नेपाली राजनीतिमा अस्थिरताको कथा धेरै पटक दोहोरिएको छ । आन्तरिक द्वन्द्व, स्वार्थ र अविश्वासका कारण एकल बहुमतका सरकार पनि पाँच वर्ष टिक्न नसकेका उदाहरण छन् । त्यसबाट पाठ सिकेर सरकार अघि बढ्दा ०८३ ले स्थिरताको आधार निर्माण गर्न सक्छ । स्थिरता भनेको केवल सत्ता जोगाउनु मात्र होइन, नीतिगत निरन्तरता, दीर्घकालीन योजना र संस्थागत विश्वास कायम गर्नु हो ।

 जेनजी आन्दोलनको मूल मर्म भनेकै भ्रष्टाचार अन्त्य, सुशासन कायम, उत्तरदायि शासन हो । जेनजी आन्दोलनको बलमा बनेको यो सरकारले यी कुरा भुल्न मिल्दैन । जनताले परिणाम खोजेका छन् । सार्वजनिक सेवा प्रवाहमा सुधार, भ्रष्टाचार प्रकरणमा निष्पक्ष अनुसन्धान, नीति निर्माणमा पारदर्शिता, राज्यको स्रोतको न्यायोचित उपयोगले मात्र सुधार गर्न सक्छ । ०८३ ले पुस्तान्तरण केवल उमेरको परिवर्तन मात्र होइन, कार्यशैली र संस्कृतिको परिवर्तन पनि हो भन्ने कुरा प्रमाणित गर्नुपर्छ । परिपक्व निर्णय क्षमता प्रदर्शन गर्न सके त्यसले दीर्घकालीन उपलब्धि हासिल हुने छ ।

 । राजनीतिक परिवर्तनले जनतालाई भावनात्मक सन्तुष्टि दिए पनि रोजगारी, उत्पादन, लगानी र बजारको सुधारसबना मानिसको जीवनस्तरमाा सुधार आउन सक्तैन ।  त्यसैले ०८३ आर्थिक पुनरुत्थानको वर्ष पनि बन्नुपर्छ भन्ने आम अपेक्षा रहेको छ । युवालाई स्वदेशमै अवसर सिर्जना, उद्यमशीलताको प्रवद्र्धन, कृषि र उत्पादनमुखी क्षेत्रको आधुनिकीकरण, वैदेशिक रोजगारीमा निर्भरता घटाउने रणनीति आवश्यक छ । राजनीतिक स्थिरता आर्थिक विश्वासको पूर्वशर्त हो ।

बुधबार, ०२ बैशाख २०८३, १२ : ४७

प्रतिक्रिया