काठमाडौं - बैंक लगायतका वित्तीय संस्थाहरुले आफूखुशी तलब भत्ता तोक्ने निर्णय गर्दै आएकोमा नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी भएपछि उनीहरुको मनोमानीमा अंकुश लागेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ ।यस अघि खासगरी निजि बैंकहरुका सिइओहरुले ठूलो मात्रामा रकम आफ्नो तलब भत्ताको लागि छुट्टयाउने गर्दथे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ शुक्रबार जारी गरिएको बताए ।
सो मार्गदर्शनमा जसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ लघुवित्त कम्पनीलाई समेटर मार्गनिर्देशन जारी गरेको हो ।
”इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब, भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्नेछ’’, मार्गदर्शन निर्देशिकामा भनिएको छ ।
बजारमा चरम मन्दी र अर्थतन्त्र खोक्रो भए पनि निजि बैंकहरु भने प्रयाप्त मुनाफा लिन सफल भएका थिए । त्यसैले निजी बैंकहरुलाई नियमन गर्ने गरी राष्ट्रबैंकद्वारा जारी गरिएको मार्गदर्शन स्वागतयोग्य छ ।
प्रतिक्रिया