सेयर बजार

नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

मंगलबार, २३ असार २०८३, १५ : २८

काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेकै दिन सेयर बजारमा उत्साह देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले बढ्दै कारोबार बन्द भएको छ।

आज नेप्से परिसूचक २४.५७ अंकले बढेर २,६५१.६८ विन्दुमा पुगेको छ। कारोबारमा सहभागी ३५२ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.३३ अंकले बढेर ४६०.६१ विन्दुमा पुगेको छ। आज १३ वटै उपसूचक हरियाली देखिएका छन्, जसले बजारमा व्यापक खरिद चाप रहेको संकेत गरेको छ।

कारोबार रकम पनि उल्लेखनीय रह्यो। आज ३५२ कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर ७२ हजार २२ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।

मंगलबार, २३ असार २०८३, १५ : २८

प्रतिक्रिया