सरकारले एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय किन गर्यो ?

आइतबार, ०३ साउन २०८३, १४ : १८

काठमाडौँ - नेपालले पन भारतको सीमा मिचेको छ भनेर विवादमा आएका प्रधानमन्त्री बालेन्द्र साह फेरि अर्को विवादमा तानिएका छन् । गत असार ३२ गते बसेको मन्त्रिपरिषद्‌को बैठकबाट सरकारले एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णय गरेको छ । यस निर्णयको चातर्फी आलोचना भएको छ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सरकारले गरेको एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउने निर्णय घातक भएको बताएका छन्। 

सरकारले गत असार ३२ गते बसेको मन्त्रिपरिषद्‌को बैठकबाट नेपाल राष्ट्र बैंकलाई एक रुपैयाँ र दुई रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न स्वीकृति प्रदान गरेको थियो। उक्त निर्णय अनुसार एक रुपैयाँको नेपाली रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटिएको नेपालको नक्सा हटाएर गुम्बाको चित्र राख्ने निर्णय भएको बताइन्छ। सोही निर्णयप्रति आइतबार सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन्।

रावलले यस्तो निर्णय गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डता विरुद्धको घातक निर्णय गरिएको ठहरिने तर्क गरे।

साथै, यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई यथार्थ कुरा तत्काल जानकारी गराउनुपर्ने उनको माग छ।

आइतबार, ०३ साउन २०८३, १४ : १८

प्रतिक्रिया