अपडेट

बिल लिने ३३ उपभोक्ता लट्रीमार्फत पुरस्कृत, दुई जनाले पाए १० लाख

विहीबार, ०१ असोज २०८३, १४ : १२

काठमाडौं– सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न सरकारले सञ्चालन गरेको लट्री प्रणालीबाट ३३ जना उपभोक्ता पुरस्कारका लागि छनोट भएका छन्।

छनोट भएकामध्ये दुई जना भाग्यशाली उपभोक्ताले जनही १० लाख रुपैयाँ र अन्य ३१ जनाले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।

आन्तरिक राजस्व विभागले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल माग्ने बानीको विकास गराउन यस्तो लट्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामान्यतया हरेक १५ दिनमा लट्री निकालिने भए पनि गत भदौ १० गते रसुवामा आएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि भदौ महिनाको लट्री एकैपटक निकालिएको विभागले जनाएको छ।

विभागका अनुसार १० लाख रुपैयाँ पुरस्कारका लागि ०४८९१५६१८२११ र ०३६४४७८५२३७८ नम्बरका बिजक छनोट भएका छन्।

यस्तै, १ लाख रुपैयाँ पुरस्कारका लागि ०३२४५४२६९२७५, ०३८३२८०९१४४४, ०३७५७८६२६७४०, ०३३१४४१६५६६६, ०३६८२५६१९९४४, ०४४७४५४८९४८८, ०४२६१८४७७६२०, ०३९७०५९४२९५९, ०३५९०७३३५९६०, ०४६०९२१८८९६२, ०३४६३६८८५८९७, ०४०००९४६२६३४, ०४१३६५६६१५३०, ०४३७४६६३३०४२, ०४५६७१४९९५२५, ०४७७५१६२९१२०, ०५३७७७६३४२२६, ०५६४७१६८६००३, ०६०१०८६९५५०७, ०५८५०३९७६७१९, ०४९५२३२१४६७४, ०५४६०९००४४७७, ०५७०५२८७४९४३, ०५०१९४५४२४०६, ०५२२४८४४५०५८, ०५१५८५६५४६३५, ०४८०९८५५७३७३, ०५९८८२०८१५७, ०५५६१८८७७१६७, ०६१७०९२०७४९९ र ०६२९१९१९५४५६ नम्बरका बिजक छनोटमा परेका छन्।

विभागका निमित्त महानिर्देशक जनक पौडेलले लट्री कार्यक्रमले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा बिजक माग्ने प्रवृत्ति बढाउन ठूलो सहयोग पुगेको बताए।

उपभोक्ताले बिजक माग्दा व्यवसायीको वास्तविक कारोबार आधिकारिक प्रणालीमा दर्ता हुने भएकाले कर छली नियन्त्रण तथा करको दायरा विस्तारमा समेत सहयोग पुग्ने विभागको भनाइ छ।

विभागले बिजक दिन अटेर गर्ने व्यवसायीलाई सचेत गराउँदै बजार अनुगमन तथा सचेतनामूलक अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

विहीबार, ०१ असोज २०८३, १४ : १२

प्रतिक्रिया