सेयर बजार

नेप्से २१ अंकले घट्यो, कारोबार रकम ५ अर्ब ३८ करोडमा सीमित

बुधबार, ३१ भदौ २०८३, १५ : २८

काठमाडौं- साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.१९ अंकले घटेको छ। योसँगै नेप्से २६१२.४२ विन्दुमा झरेर बन्द भएको छ।

आज २५० कम्पनीको १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका सबै १३ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा र जलविद्युत् समूहको परिसूचकमा तुलनात्मक रूपमा बढी गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको २५ करोड १० लाख रुपैयाँ र शिवम् सिमेन्टको १६ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक ६.३७ प्रतिशत कमाएका छन्। हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ५.३१ प्रतिशत तथा माउन्ट एभरेस्टका लगानीकर्ताले ४.३८ प्रतिशतले कमाएका छन्।

यता एनएमबी हाइब्रिड फन्ड–२ का इकाइधनीले सर्वाधिक गुमाएका छन्। उक्त फन्डको इकाइ मूल्य ७.७३ प्रतिशतले घटेको छ।

बुधबार, ३१ भदौ २०८३, १५ : २८

प्रतिक्रिया