अपडेट

मुगु केन्द्रविन्दु भएर भूकम्पको धक्का

बुधबार, ३१ भदौ २०८३, ०६ : ५४

काठमाडौं- मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।

त्यस्तै आजै बिहान ४.२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ। यसअघि गत २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ९ः०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

बुधबार, ३१ भदौ २०८३, ०६ : ५४

प्रतिक्रिया