सेयर बजार

सेयर बजारमा पहिरो, नेप्से ३६ अंकले घट्दा ६ अर्बको कारोबार

बुधबार, ०७ असोज २०८३, १५ : ५४

काठमाडौं– बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ। अघिल्लो दिन सामान्य वृद्धि भएको बजार आज भने ३६.२५ अंकले घटेको हो।

नेप्से परिसूचक १.३६ प्रतिशतले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको छ। बजार घट्दा २५३ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

आज सेन्सेटिभ इन्डेक्स पनि ६.३३ अंकले घटेर ४६७.४६ विन्दुमा पुगेको छ। कारोबारमा आएका सबै १३ उपसूचक राताम्मे भएका छन्।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ५७ हजार ९४७ पटक खरिद–बिक्री भएका छन्। कुल कारोबार रकम ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ पुगेको छ।

बजारमा गिरावट आए पनि आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बुधबार, ०७ असोज २०८३, १५ : ५४

प्रतिक्रिया