काठमाडौं– बिहीबार सेयर बजारमा सुधार देखिएको छ। अघिल्लो दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको छ।
आज कारोबार भएका कम्पनीमध्ये १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ। १६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.०७ अंकले बढेर ४६५.७५ विन्दुमा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढ्दा दुईवटाको घटेको छ।
नेप्से बढेको दिन बजारमा करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। आज ३३९ कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५१ हजार ७२८ पटक खरिद–बिक्री हुँदा कुल ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँको कारोबार भएको छ।
प्रतिक्रिया