काठमाडौं– गत साता २५५९.४९ विन्दुमा बन्द भएको सेयर बजार यो साता २६४७.२२ विन्दुमा पुगेर बन्द हुँदा बजार ८७.७३ अंकले बढेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि जारी गरेको २१ बुँदे कार्ययोजनाले सेयर बजारका लगानीकर्तामा लामो समयदेखि देखिएको निराशालाई यो साताको कारोवारले आशामा बदलेको देखिएको छ ।
यस साता पाँच दिनको कारोबाारका लागि बजार खुलेको थियो भने उक्त दिन मध्ये ४ दिनको कारोबार नेप्से बढेर बन्द भएको थियो भने एक कारोबारको दिन मात्रै बजार सामान्य अंकले घटेर बन्द भएको थियो । यो साता दैनिक औसतमा ६ अर्व १२ बरोड रुपैयाँको सेयर किनवेच भएको छ, यो ४९.४१ प्रतिशतले बढी हो । योबाट के प्रष्ट हुन्छ भने लगानीकर्ताले बजारमा उच्च मनोवलका सात लगानी गरेको देखिन्छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ३.४३ प्रतिशतले बढेको देखिन्छ । यस साता नेप्सेमा १ करोड ९१ लाख २६ हजार ३१९ किता सेयर सूचीकृत भएको छ, जसमा पोखरा फाइनान्सको मर्जरपश्चातको सेयर र आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको वोनस सेयर सूचीकृत भएको हो । यो साता १३ वटै उपसमूहको परिसुचक बढेको छ । जसमध्ये सर्वाधिक जीवन बीमा उपसमूह ५.७५ प्रतिशतले बढेको छ भने सवैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८७ प्रतिशतले मात्र बढेको छ ।
यो साता इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक २२.४१ प्रतिशतले बढेको छ भने यस साता हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य सर्वाधिक १७.९३ प्रतिशतले घटेको छ । यस साता सवैभन्दा बढी खरिद सूचीमा बोटलर्स नेपाल (तराई), यूनिलिभर नेपाल लगायतका स्टकहरु छन् भने, सर्वाधिक विक्रीमा शुभम पावर कम्पनी, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था, हाथवे इन्भेष्टमेन्ट लगायतका स्टकहरु छन् ।
यसबाट के प्रष्ट हुन्छ भने लामो समयदेखि दुविधामा रहेका लगानीकर्ताहरुको लागि सरकारको सेयर बजार सुधारका २१ बुँदे कार्ययोजनाले सकारात्मक उत्प्रेरणा दिएको छ । सरकारको बजारप्रति हेर्ने दृृष्टिकोण २१ बुँदे कार्ययोजनाबाट सकारात्मक रहेको सन्देश दिएको छ ।
प्रतिक्रिया