राष्ट्रपति पौडेलद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य

विहीबार, १५ असोज २०८३, १३ : २८

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६३र०६र१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

विहीबार, १५ असोज २०८३, १३ : २८

प्रतिक्रिया