मौसम पूर्वानुमान

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, १७ असोज २०८३, ०७ : ५२

काठमाडौं- देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । 

कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भूभागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानीपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार, १७ असोज २०८३, ०७ : ५२

प्रतिक्रिया