काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको छैटौँ बैठकले सातवटा एजेण्डा पारित गरेको छ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले समसामयिक राष्ट्रिय राजनीति, संगठन सुदृढीकरणदेखि महाधिवेशन र कार्यविभाजनसम्मका विषयलाई एजेण्डाका रूपमा अघि बढाएको हो।
पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बैठक सुरु भएको थियो।
बैठकमा समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व, जनजागरण तथा संगठन सुदृढीकरण अभियान, महाधिवेशन तथा अधिवेशन, केन्द्रीय कार्यसमिति गठन तथा बैठक, केन्द्रीय सचिवालय गठन तथा बैठक, कार्यविभाजन र विविध विषयलाई एजेण्डाका रूपमा पारित गरिएको पार्टीले जनाएको छ।
प्रतिक्रिया