काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्।
आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्।
यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो।
प्रतिक्रिया