सरकारको असफलताको परिणाम भोग्दै छ आन्तरिक अर्थतन्त्र

आइतबार, २५ असोज २०८३, १० : ५०

काठमाडौं रास्वपाले सरकार चलाएको सातौं महिना प्रवेश गर्दैछ । संसदमा दूई तिहाइ बहुमतमा रहेको यो दलको नियन्त्रण राज्यका प्रायः सबै संरचनामा रहेको छ । यतिबेला सरकार बनाएको सय दिनमा मुलुकमा आमूल परिवर्तन गर्ने घोषणा गरेको परिस्थितिको स्मरण भएको छ । चुनाव अघि यस्तो वाचा गरेको दलको यति शक्तिशाली सरकारले अहिलेसम्म पनि पविर्तनको छनक दिन सकेको छैन । यदाकदा सरकार नै दलको निर्देशनमा चलिरहेको छ र भन्ने अवस्था समेत सिर्जना भएको छ । जनताको सरकारप्रति रहेको विश्वास पनि कमजोर बन्दै गएको देखिन्छ । 

यद्यपी सरकारले आफ्नो छ महिने उपलब्धि भनेर लामो सूची प्रकाशित गरिसकेको छ । तर जहाँ–जहाँ सरकार सफल भयो कि असफल भनेर आम नागरिक तहमा नापिने विषय छन् ती सबै ठाउँमा सरकार असफल नै देखियो । खासगरी यति बलियो सरकारले आर्थिक क्षेत्रमा त यति अविश्वासिलो देखियो जो यो सरकार गठन भए अघिसम्मको स्थितिमा पुग्न धेरैगुनाले हिसाब हुनेगरी खाल्डो देखिन थाले । त्यो महँगीमा होस् कि अभावमा वा सेयर बजार र अरु लगानीमा । निश्चय नै यो संकेत देशका लागि राम्रो होइन । आर्थिक क्षेत्रको त सरकारले विश्वास आर्जन गर्न सकेको नै देखिदैन । मुलुकको व्यावसायिक तथा वित्तीय क्षेत्र त सरकारको क्रियाकलापबाट आतंकित नै देखिन्छ ।   

सरकार आम नागरिकबीच कति विश्वासिलो र भरपर्दो भयो भनेर सार्वजनिक तहमा नै नाप्ने यन्त्र हो सेयर बजार । सरकारको भर पर्न नसकिने अवस्था आयो वा देखियो भने बजारमा आम मानिस प्रकट हुन चाहँदैनन् र लगातार घट्दो क्रममा पुग्छ । कम्तीमा यो बजारलाई मात्रै सरकारको यो छ महिना कस्तो रह्यो भनेर हेर्ने हो भने, सरकारले देखाएका उपलब्धि सबै कागजीमात्रै हुनेछन् । बजारमा बढ्दो महँगी र आधारभूत वस्तुका व्यापक अभाव त त्यसै पनि आम तहमा नकारात्मकरुपले चर्चित हुने भयो नै जो प्रकट भइरहेका छन् ।

 सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहार र सेयर बजारमा आकर्षण र लगानी कति सुरक्षित, निजी क्षेत्रप्रति अपराधीलाई झँ व्यवहार किन भन्ने जस्ता पर्छन् । त्यसैभित्र सरकारले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका निजी क्षेत्रमा हुकुमी डण्डा लगाएर, तर्साएर, थुन्ने काम गरेको र निजी क्षेत्रलाई विश्वासको वातावरण बनाएर काम गर्न नसकेको आरोप पनि पर्छ । माथि उल्लेख भएका खासगरी आर्थिक क्षेत्रमा लगानीकर्ताको मनोबल दिनदिनै गिर्दाको प्रभाव दैनिकरुपमा सेयर बजारमा प्रकट भइरहेका छन् । यसलाई सुधार्नेतर्फ ध्यान दिने हो भने पहिले सरकारको शैली सुध्रन आवश्यक हुन्छ ।

 यो सरकार गठन भएको अघिल्लो दिन यो बजारको कारोबार अंक २६ अर्बको थियो । सरकारले छ महिना कटाएको हप्ता सेयर कारोबारको अंक पुगनपुग ५ अर्बको हाराहारीमा छ । यसमा कसै न कसैको ठूलो नोक्सानी भएको छ । यसले सरकार दिनहूँ अविश्वासिलो बन्दै गएको देखाउँछ जो पुँजी परिचालन हुने सन्दर्भमा दुःखद् नै हो । 
यी विवरणहरुबाट सरकारले आम नागरिकको विश्वास गुमाउँदै गएको र आर्थिक लगायतका क्षेत्रमा असफल बन्दै गएको देखिन्छ । बिरलै बन्ने यति शक्तिशाली सरकार पनि असपल हुनु मुलुकको विकास र समृद्धीको लागि निकै दुखदायी बुरा हो । किनकी अर्थतन्त्र नै सम्पूर्ण विकासको मेरुदण्ड हो । त्यसैले असफलता र कमजोरीबाट सरकारले बैलैमा पाठ सिकोस् । 

आइतबार, २५ असोज २०८३, १० : ५०

प्रतिक्रिया