आज कति छ विदेशी मुद्राको विनिमयदर ?

सोमबार, ३० कार्तिक २०८३, ०८ : ३७

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सोमबार, ३० कार्तिक २०८३, ०८ : ३७

प्रतिक्रिया