प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री बालेन आइतबार भारत जाँदै, सोमबार साँझ फर्किने

शुक्रबार, ०४ मंसिर २०८३, ११ : ३२

काठमाडौं- प्रधानमन्त्री बालेन शाह आइतबार भारत भ्रमणमा जाने भएका छन् । उनी दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कनेछन् ।

शुक्रबार, ०४ मंसिर २०८३, ११ : ३२

प्रतिक्रिया