निलगंगा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, पुस १२ गते बोलायो साधारणसभा

आइतबार, १३ मंसिर २०८३, ११ : ०५

काठमाडौं- निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न पुस १२ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । 

सभा काठमाडौं महानगरपालिका–३२ मा दिउँसो २ बजे बस्नेछ ।

सभाले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङलगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिने, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्नेछ ।

यस्तै, शेयर सूचीकरण तथा अभौतिकीकरणसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पेस हुनेछ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिइनेछ।
 

आइतबार, १३ मंसिर २०८३, ११ : ०५

प्रतिक्रिया