प्रदेशसभा सदस्य उम्मेद्वार नेकपामा प्रवेश

५ बर्ष अगाडि

काठमाडौं । प्रदेश नं। २ ‘ख’ बाट प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहनुभएका नेता मोहम्मद डोमन नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ ।

आज बिहान अध्यक्ष प्रचण्डले नेता डोमनलाई स्वागत गर्दै आर्थिक समृद्धिको अभियानमा सबै नेपाली गोलबन्द हुन जरुरी भएको बताउनुभयो ।

नवप्रवेशी डोमनले देशको विकास अब नेकपाबाट मात्र सम्भव भएकोले आफू यो पार्टीमा लामवद्ध भएको बताउनुभयो ।

लामो समय राष्ट्रिय जनता पार्टीमा रहेका डोमन मधेसका लोकप्रिय नेता हुन् । पछिल्लो समयमा राजपा परित्याग गरी उहाँ स्वतन्त्र रहनुभएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया