सेयर बजार निरन्तर ओरालो, कारोबार पनि न्यून

५ बर्ष अगाडि

काठमाडौं–सेयर बजार निरन्तर ओरालो लाग्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ ।   बुधबार नेप्से परिसुचक ४.५५ अंकले घटेर  १३२८.२७ बिन्दुमा आइपुगेको छ ।
 यस दिन कारोबार पनि एकदमै न्युन भएको छ । यस दिन २९ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार ५३ करोड रुपैयाँको भन्दा बढी कारोबार भएको थियो । 
यस आधारमा नेप्से परिसुचक मात्र होइन कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ ।
 करोबारमा १६१ कम्पनी आएपनि उत्साह देखिएको छैन ।  अन्य समुह  र माइक्रोफाइनान्स समुह बाहेक सबै समुहमा गिरावट आएको छ । 
माइक्रोफाइनान्स ५.५७ अंकले बढ्दा अन्य समुह २.३२ अंकले बढेको छ । सबैभन्दा बढी बिमा समुहमा २६.५७ अंकको गिरावट आएको छ ।  यसदिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको १ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
यस्तै सिटिजन्स बैंकको १ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ भने स्वरोजगार लघुवित्तको १ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । पुँजीबजार यतिबेला बजेटको प्रतिक्षामा देखिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया