तेल ट्यांकर जिब्राल्टरको कब्जाबाट छुट्यो

सोमबार, ०२ भदौ २०७६, १३ : ०४

कुटनीतिक विवादको केन्द्रमा घेरिएको इरानको तेल ट्यांकर आइतबार साँझ जिब्राल्टरको कब्जाबाट छुटेको छ ।
 
अमेरिकाले उक्त वाहनलाई कब्जामा राखिराख्न गरेको आग्रहलाई अस्वीकार गर्दै जिब्राल्टरले जहाजलाई छाडेको हो । 

जहाजलाई जुलाई ४ मा स्ट्रेट अफ जिब्राल्टरमा नियन्त्रणमा लिइएको थियो । नियामक वेबसाइट ‘मरिन ट्राफिक’ले इरानको विशाल ट्याकंर जीएमटी समय अनुसार रातको ११ मा छाडिएको बताएको छ । 

तर जहाजको गन्तव्य भने अझै पनि खुलाइएको छैन । पहिले ग्रेस १ नाम रहेको तेल ट्यांकरलाई अहिले ‘एड्रियन दार्य’ नाम दिइएको छ । जहाजमा कम्तीमा पनि १३ करोड अमेरिकी डलर बराबरको कच्चा तेल रहेको छ । 
यसको पुननामाकरण र पुनः झण्डोतलनको लागि अन्तराष्ट्रिय समुन्द्री कानुन अनुसरण गरिएको बताइएको छ ।

विहिबार जिब्राल्टरको सवोच्च अदालतले उक्त टयांकर छाडन् आदेश दिएको थियो । 

जब्राल्टर सरकारका अनुसार इरानले लिखित रुपमा उक्त वाहन युरोपेली युनियनको प्रतिबन्ध लागु भएका देशमा नलाने प्रतिबद्धता गरेपछि छाडिएको थियो । 

ब्रिटिस शाही जलसेनाले जुलाईमा उक्त वाहन नियन्त्रणमा लिएको थियो । जहाजले बोकेको तेल सिरियामा लगिदैं गरेको आशंकामा उक्त कदम उठाइएको थियो । युरोपेली युनियनले सिरियासँग व्यापार गर्न प्रतिबन्ध लागु गरेको छ ।

सोमबार, ०२ भदौ २०७६, १३ : ०४

प्रतिक्रिया