विशेष सुरक्षाबलको कारबाहीमा पन्ध्र व्यक्ति रिहा

सोमबार, ०९ भदौ २०७६, १३ : ०८

अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरी हिरासतमा राखेका १५ व्यक्ति रिहा भएका छन् । 
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा गतराती रातभरी भएको एक कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जामा राखेका ती १५ व्यक्ति रिहा भएका बिशेषबलद्वारा प्रकाशित विज्ञप्तिमा सोमबार जानकारी दिइएको छ  ।

कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा गएको राती अफगान विशेषबलले तालिबान लडाकूविरुद्ध शुरु गरेको कारबाहीको क्रम आठ सैनिक र सात सर्वसाधारण रिहा भएका हुन् ।
यस कारबाहीको क्रममा तालिबान लडाकू समूहको विस्फोट पदार्थको भण्डार पनि ध्वस्त गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

लडाकूबाट मुक्त गराइएका ती व्यक्तिहरुलाई सेनाको शिवीरमा ल्याइएको  र उनीहरुको चिकित्सकद्धारा शाररिक जाँच शुरु गरिएको जारी विज्ञप्तिमा जनाइएको छ । 
इमाम साहिब जिल्ला भरी नै तालिबान लडाकू समूहले बारम्बार सर्वसाधारण नागरिक र डियुटीमा नभएका अवस्थाका सेनालाई अपहरण गर्ने गरेका छन्  । 
बिशेष सेनाको यस कारबाहीको बिषयमा तालिबान लडाकू समूहले भने केही टिप्पणी गरेका छैनन् । 

सोमबार, ०९ भदौ २०७६, १३ : ०८

प्रतिक्रिया