उत्कृष्ट काम गर्ने  दुई डिएसपी सहित ८ प्रहरी पुरस्कृत

५ बर्ष अगाडि


काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ठ कार्य गरेको भन्दै दुई डिएसपी सहित ८ जना प्रहरी कर्मचारीलाई नगद सहितको पुरस्कार प्रदान गरेको छ । वैशाख महिनाभर उत्कृष्ठ कार्य गरेको भन्दै पुरस्कृत हुनेहरुमा महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख (डिएसपी) प्रदिप क्षेत्री, महानगरीय प्रहरी वृत गौशालाका प्रमुख (डिएसपी) अनुपम श्रेष्ठ सहित आठ जना रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग बलम्बुकी इन्चार्ज (इन्सपेक्टर) सर्मिला गुरुङ्ग, नगर प्रहरीका ईन्सपेक्टर पुष्कर बोगटी, महाराजगञ्ज वृतमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) टेक बहादुर कुँवर, बालाजु वृतमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) शिव कट्टेल, प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी जवान अर्जुन सेठ्ठी र प्रभाग बलम्वुका हवल्दार विक्रम लामा पुरस्कृत भएका छन् ।

उत्कृष्ठ कार्य गर्ने डिएसपीद्वय क्षेत्री र श्रेष्ठले समान २५–२५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । इन्सपेक्टर गुरुङ र बोगटीले समान १७ हजार नगद तथा प्रमाणपत्र, प्रनानी टेक बहादुर कुँवरले २५ हजार नगद तथा प्रहरी जवान सेठ्ठीले १० हजार नगद तथा उत्कृष्टताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई बिहीबार आयोजित एक कार्यक्रमका बिच महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुंगानाले संयुक्त रुपमा पुरस्कार रकम हस्तान्तरण गरेका छन् । एसएसपी पोखरेलले काठमाडौं प्रहरीको कमाण्ड सम्हालेसँगै नेपाल बंगलादेश बैंकले उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गर्न भन्दै काठमाडौं प्रहरीलाई बार्षिक १८ लाख ६० हजार नगद उपलब्ध गराउने संझौता गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया