गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै, बनाइयो समिति

५ बर्ष अगाडि

काठमाडौं– आमसञ्चार क्षेत्रमा उल्लेख्य योगदान गरिआएका सरकारी सञ्चार माध्यमहरु गोरखापत्र संस्थान,रेडियो नेपाल र नेपाल टेलिभिजनलाई समग्र सुधार गरी प्रभावकारी वनाउनका लागि पहल स्वरुप एक अध्ययन तथा छानबिन  समिति गठन गरिएको छ  ।

सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाले  त्यसका लागि २ वटा अध्ययन एवं छानविन समिति गठन गरेका हुन् । 
 गोरखापत्र संस्थानको अध्ययन एवं छानवीन गर्न समितिको संयोजकमा विष्णु रिजाल र सदस्यहरुमा सुवास देवकोटा, वासुदेव अधिकारी, टिकाराम राई, डोल प्रसाद दाहाल रहेका छन् । यस्तै मन्त्रालयका उपसचिव संगीता ‌ओझा पनि सदस्य रहेकी छिन् । 
 समितिको कार्यविधि कार्य शुरु भएको मितिले १ महिना दिइएको छ । 
    यस्तै रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टीगत सुधार गर्न गठित समितिको संयोजकत्वमा रघु मैनाली रहेका छन् भने  सदस्यमा तपनाथ शुक्ल, यादव चापागाई र धरणीधर अधिकारी रहेका छन् । 
 समितिको कार्यावधि १ महिना १५ दिन तोकिएको छ । समितिले अध्ययन तथा छानविन गरी पेश गर्ने प्रतिवेदनको कार्यान्वयनबाट ती संस्थाहरुको सुधारमा कोशेढुंगा हुने मन्त्रालयले अपेक्षा लिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया