क्यासिनोमा अवैध पाँच विदेशी कामदार

६ बर्ष अगाडि

काठमाडाैं - नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे 'टाइगर प्यालेस रिसोर्ट' को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम  गरिरहेको भेटिएको खबर आजको नागरिक दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

सम्बद्द स्रोतका अनुसार नि:शुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रूपन्देही तिलोत्तमा नगरपालिका १७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर  प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्म तहमा कार्यरत छन ।

नेपालको कानुन अनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति लिएर मात्र काम् गर्न पाउछन् ।  तर , ती पाँच विदेशी भने श्रम स्विकृतिबिना नै कार्यरत रहेको स्रोतले जानकारी दियो । उनीहरूबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ ।

टाइगर प्यालेस रिसोर्टसहित त्यसमा संचालित क्यासिनोमा अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रोपैया लगानी छ ।

टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले भने,-नेपालमा दक्ष जनशक्ती जत्ति पनि छन् ।विदेशी आए पनि श्रम स्वीकृति लिएर कानुनी हिसाबमा केहि समय काम गरेपछि दक्षता हस्तान्तरण गरी छोड्नुपर्छ ।'

६ बर्ष अगाडि

प्रतिक्रिया