मुल्य बृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग

५ बर्ष अगाडि

काठमाडौं– मोहन वैद्यन नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले मुल्य बृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग गरेको छ । 
मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै ‘ “समृद्ध नेपाल र सुखी नेपाली”को नारा उराल्दै आएको के. पी. शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको पाँचौं पटक मूल्य बृद्धि गरेको छ । यसको असरले चौतर्फी रुपमा बढेको महँगी नेपाली जनताको लागि थेगी नसक्नु भएको छ । यो अवस्थाको अन्त्यका लागि पेट्रोलियम पदार्थको  मूल्य पूर्ववत् अवस्थामा ल्याउनुको साथै उपभोग्य बस्तुमा बढेको महँगी घटाउन सरकारले तुरुन्त  कदम चालोस् भन्ने हामी जोडदार माग गर्दछौं ।’ भनेका छन् । 
 अन्यथा सडक संघर्षमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया