गंगामायाको जीवनरक्षा गर्न आयोगको आग्रह

५ बर्ष अगाडि

 

काठमाडौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन र दोषीमाथि कानूनी सजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गंगामायाको जीवनरक्षा गर्न आग्रह गरेको छ । 

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्यास्थाप्रति संवेदनशील भई जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आह्वान गरिएको छ । 

छोराको न्यायका लािग यही जेठ १५ गतेदेखि पुनःअनशनमा बस्दा र पटक पटकको अनशनका कारण निजको स्वास्थ्यावस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको बताइएको छ । सरकार र सम्बन्धित निकायसमेतलाई पटक पटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु तथा न्याय छिटोछरितो र सर्वसुलभ हुनुपर्ने मूल्य मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रप्रतिको जनआस्थामा समेत प्रश्न खडा हुने गरेको आयोगले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया