कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

आज बस्ने बैठकमा दुई वर्षअघि तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको पार्टी पार्टी एकताको कामलाई टुंग्याउने जनाइएको छ । विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग पार्टी एकता भएको लामो समय बितिसक्दा पनि दुई पार्टीबीच समायोजनको काम टुंगिएको थिएन ।

यस्तै विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको समयायोजनबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया