‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

५ बर्ष अगाडि

जकार्ता – एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् । 

राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो । 

एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना गरिएको छ । सो खेलकूदका तीन खेल क्यानोइङि, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम निर्माण गर्न लागेका बताइएको हो । 

यसका साथै उक्त गेमको उद्घाटन र समापनका लागि आयोजना गरिने समाराहहरुमा पनि दुई देशले संयुक्त रुपमा मार्च गर्ने जनाएका पनि आयोजकहरुले बिहीबार जानकारी गराएका छन् । 

विगतका साढे छ दशकदेखि सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देश अहिले आएर नजिकिएका छन् । यसकारण पनि विश्वलाई सकारात्मक सन्देश दिन यस्तो निर्णय गरिएको हुनसक्ने बताइएको छ । 

तर यी दुई देशका तर्फबाट भने केही औपचारिक जानकारी गराइएको छैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया