राष्ट्रिय वाणिज्य बैङ्कको सहायक कम्पनी आरबीबी मर्चेन्टमा प्याकुरेल

शुक्रबार, ०१ कार्तिक २०७६, १५ : ०३

आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।

चार वर्षका लागि सो नियुक्त भएका  प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले शुक्रबार एक  पदबहाली गरेका छन् । 

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैङ्कको सहायक कम्पनी हाे । 

अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैङ्किङ्ग तथा पूँजीबजारमा १५ वर्षभन्दा बढिको अनुभव रहेका प्याकुरेल यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।

राष्ट्रिय वाणिज्य बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका संचालक केशवप्रसाद लम्सालले प्याकुरेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए ।

हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैङ्कको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि लिन सकिन्छ ।

यो सुविधासँगै दूरदराजमा रहेका जनताले पनि मर्चेन्ट बैङ्किङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले बताए ।

आरबीबी मर्चेन्ट बैङ्किङ्गको हाल २० करोड चुक्तापुँजी छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका मूख्य प्रबन्धक एवं संचालक पवन रेग्मी, मूख्य प्रबन्धक एवं आरबीबी मर्चेन्ट बैङ्किङ्गका निमित्त प्रमुख कार्यकारी अधिकृत रामकुमार थापा लगायत कर्मचारीहरुको उपस्थिति थियो।

शुक्रबार, ०१ कार्तिक २०७६, १५ : ०३

प्रतिक्रिया