राष्ट्र बैंकले एक अर्ब ६३ करोड वितरण गर्ने

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले निक्षेपमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा पैंसा राख्ने भएको छ ।

बैंकले एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको हो । 

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ ।

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको छ ।
नागरिक दैनिकबाट  

४ बर्ष अगाडि

प्रतिक्रिया