काठमाडौं – तनहुँ जलविद्युत आयोजनाका लागि इटालियन बैंकको काउन्टर ग्यारेन्टी बसेको नेपाल इन्भेस्टमेन्ट बैंकलाई रकम फिर्ता हुने विषयमा आशंका पैदा भएको छ ।
तनहुँ जलविद्युत आयोजनाको तत्कालिन ठेकेदार सीएमएसीको काउन्टर ग्यारेन्टी नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको थियो । ठेक्का तोडिएपछि तनहुँ हाइड्रोपावरले सीएमसीको इन्भेस्टमेन्ट बैंकमा भएको ग्यारेन्टी वापतको ८७ लाख ४९ हजार युरो र रु ८५ करोड १४ लाख गरी रु १ अर्ब ९७ करोड जफत गरेको थियो ।
तनहुँले सीएमसीको काउन्टर ग्यारेन्टी जफत गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले सो रकम इटालियन बैंकसंग फिर्ता मागेको थियो । तर, इटालियन अदालतबाट तत्काल जमानत जफत नगर्ने आदेश दिएपछि इन्भेस्टमेन्टको पैसा उतै रोकिएको छ ।
काउन्टर ग्यारेन्टीको रकम दिने विषयमा इटलीको अदालतबाट यो महिनाभित्र अन्तिम फैसला हुन लागेको बैंक स्रोतले बतायो । अदालतबाट कस्तो फैसला आउँने छ त्यो हेर्न बाँकी छ । तनहुँ हाइड्रोपावर र सिएमसीबीच १५ असोजमा २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको थियो ।
झण्डै रु २ अर्ब काउन्टर ग्यारेन्टीको रकम असुल नभएपछि नेपाल इन्भेस्टमेन्टको निष्क्रिय कर्जा बढेपछि नाफामा असर परेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।