मेगा बैंक बन्यो, ' बैंक अफ दी ईयर १०१९'

सोमबार, २५ कार्तिक २०७६, १६ : २६

 मेगा बैंक नेपाल लिमिटेडले ‘बैंक अफ दी ईयर २०१९’ अवार्ड हात पार्न सफल भएको छ । लण्डनस्थित फाईनान्सियल टाईम्सले हरेक वर्ष प्रदान गर्ने ‘बैंक अफ दी ईयर’ को उपाधी मेगा बैंकले पाउने पक्का भएको हो । हरेक वर्ष उत्कृष्ट बैंकलाई प्रदान गरिने उक्त अवार्ड यस वर्ष मेगाको पोल्टामा परेको छ ।

गत बर्ष एनएमबी बैंकले प्राप्त गरेको अवार्ड यो वर्ष मेगालाई प्रदान गरिएको छ । मेगा बैंकले संचालन जोखिमलाई न्यून गर्न सफल भएकोमा फाईनान्सियल टाईम्सको निर्णायक मण्डलले यस वर्ष उसलाई छनौटमा पारेको अनुमान गरिएको छ ।

‘हलो देखि हाइड्रो’ सम्म भन्ने नारालाई आत्मसाथ गरेको मेगाले बैंक अफ दि ईयरको उपाधी पाएसँगै विगतका वर्षहरुमा उपाधी पाएका बैंकहरुको दाजोमा अगाडी बढीसकेको प्रष्ट हुन्छ । नोभेम्बर २८ मा लण्डनमा हुने फाईनान्सियल टाईम्सको विशेष कार्यक्रममा यो अवार्ड प्रदान हुनेछ । नेपालका कति बैंक अवार्डका लागि समावेश भएका थिए भन्ने आधिकारीक जानकारी सार्वजनिक भएको छैन ।यता मेगा बैंकले भने सो अवार्ड प्राप्त गरेको आधिकारीक जानकारी नगराए पनि विशेष स्रोतकाअनुसार अवार्ड थाप्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी लण्डन जाने अवसर पाउने बताएको छ ।९ वर्षअघि स्थापना भएको मेगाको १० अर्ब ३८ करोड चुक्ता पुँजी छ भने वासलात १०२ अर्ब रूपैयाँ बराबरको छ । निक्षेप संकलनमा अग्रणी मेगाले करिव ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएको मेगा बैंकको १०२ वटा शाखा सञ्जाल छन् । १९ वटा एक्टेन्शन काउन्टर विस्तार गरेको  बैंकको २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

सोमबार, २५ कार्तिक २०७६, १६ : २६

प्रतिक्रिया