साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै  नेपाल बैंक

आइतबार, ०१ मंसिर २०७६, १२ : ०९

नेपाल बैंकले  १ हजार रुपैयाँ अंकित दरमा साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। 

बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाखकित्ता बैंक आफैँले ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

वार्षिक १० प्रतिशत ब्याज पाइने उक्त  ऋणपत्र निष्काशनको लागि  बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेड् रहेको छ ।

आइतबार, ०१ मंसिर २०७६, १२ : ०९

प्रतिक्रिया