मुक्तिनाथको नाफा २२ करोड ८७ लाख

आइतबार, ०१ मंसिर २०७६, १५ : ०४

मुक्तिनाथ विकास बैंकले २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो ।

बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा नाफा (५.२३ प्रतिशत) एक करोड १३ लाख रुपैयाँ  वृद्धि गरेको छ ।

उक्त बैंकको चुक्ता पूँजी तीन अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

आइतबार, ०१ मंसिर २०७६, १५ : ०४

प्रतिक्रिया