एक महिनाका लागि धनगढी विमानस्थल आंशिक बन्द

४ बर्ष अगाडि

बाँकी रहेको मर्मतको काम सम्पन्न गर्न धनगढी विमानस्थल आजदेखि एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । 

धावनमार्ग र पार्किङ्गस्थल मर्मतका लागि दिउँसो ३ बजेदेखि अर्को दिन बिहान ७ बजेसम्म विमानस्थल बन्द गरिने भएको हो । 

यसअघि पनि १ महिनासम्म बन्द गरेर विमानस्थल मर्मत गरिएको थियो । 

विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार यसअघि १३ सय ८० मिटर धावनमार्ग मर्मत गरिएको धावनमार्गको ४ सय २० मिटर मिटर काम अझै बाँकी छ । 

विमानस्थल बन्द हुने भएपछि धनगढी–काठमाडौं–धनगढीका उडान प्रभावित हुने भएका छन् ।

धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरलान्सले हप्ताको ३ दिन धनगढी–काठमाडौं–धनगढी उडान भर्दै आइरहेका छन् । 
विमानस्थल आंशिक रुपमा बन्द हुने भएपछि दैनिक दुई उडान गर्दै आएको बुद्ध एयरले एउटा उडान कटौती गरेको छ । 

एक महिनाका लागि बिहान एउटा मात्रै उडान बुद्ध एयरका धनगढी प्रमुख बुद्धराम माझीले बताए । 

दैनिक दुई उडान गर्ने श्री एयरलाइन्सले भने दिउँसोको उडानमा समय मात्र केही फेरबदल गरिने तर उडान कटौती नगर्ने जनाएको छ । 

नेपाल एयरलाइन्सको विमानले भने आइतबार, मंगलबार र विहिबार नियमित रुपमा नै उडान भर्ने जनाइएको छ ।

त्रिभुवन विमानस्थलपछिको सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलको करिब १८ करोडमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तार भइरहेको छ । 
यसको धावनमार्ग ६० मिटर चौडा र १ हजार ८ सय मिटर लामो छ ।

ठेकेदार कम्पनी खड्का, कोशी, न्यौपाने जेभीले निर्धारित समयमै धावनमार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया