शुपतीमा १० हजार तुलसीका बिरुवा बितरण

५ बर्ष अगाडि

हरिशयनी एकादशी अर्थात तुलसी एकादशीको पावन अवसरमा पुडासैनी मैत्री समाजको सकृयतामा पशुपती क्षेत्रमा साउन ७ गते बिहान १० हजार तुलसीका बिरुवा बितरण गरिएको छ । बिग्रँदो बातावरण सुधारमा थोरैमात्र भएपनि योगदान गर्ने उदेश्य सहित पुडासैनी मैत्री समाजले वाग्मती किनारमा हजारौं तुलसी रोपेको छ भने शहिद गंगालाल मुटु अस्पताल परिषरमा समेत समाजकै सकृयतामा बिगतमा बर्षमा रोपिएका बिरुवाहरु लहलहाउँदा भएका छन । देशका बिभिन्न धार्मिक तथा सामाजीक स्थलहरुमा समेत तुलसीका बिरुवा रोप्न प्रेरित गर्दै आएको पुडासैनी मैत्री समाजले यस अघि नै सिंहदरबार परिषर भित्र रहेका प्रत्येक मन्त्रालयमा स्वयंसेवी रुपमा तुलसीका बिरुवा रोप्ने प्रस्तावलाई अघि सारेको छ । बातावरण बचाउँ तुलसी रोप्ने संस्कृतीलाई जोगाउँ भन्ने आग्रहका साथ पशुपती क्षेत्रमा निशुल्क रुपमा उपलब्ध गराईएका १०००० तुलसीका बिरुवालाई पशुपती दर्शनका लागि आएका भक्तजनहरुले अत्यन्तै उत्साहपूर्वक ग्रहण गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया