महिला हिंसा अन्त्य गर्न राष्ट्रसंघीय महासचिवको आह्वान

मंगलबार, १० मंसिर २०७६, १५ : ०७

 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले महिला हिंसा अन्त्य गर्न आह्वान गरेका छन्।

महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले यस अभियानलाई सरोकारवाला सवै मिलेर सफल पार्नु पर्नेमा पनि जोड दिए ।
  
“सरकारी पक्ष, निजी क्षेत्र, नागरिक समाज र हरेक आम नागरिकलाई हातेमालो गरेर महिला हिंसा विरुद्धको अभियानमा लाग्न आग्रह गर्दछु,” उनले भने । 
 
महासचिव गुटेर्रेसले महिला हिंसा विरुद्ध अभियान चलाईरहेकाहरुप्रति सम्मान र ऐक्वबद्धता व्यक्त गर्नुभएको छ । उहाँले महिला अधिकार र समानताका लागि काम गर्नुपर्नेमा जोड दिए ।
 
उनले भने, “हामीले सँगै मिलेर काम गर्नुपर्छ, यौनिक हिंसा, बलात्कार जस्ता घटना अन्त्य गर्नुपर्दछ ।” 

उनले महिलाविरुद्ध हुने सवै प्रकारका हिंसा अन्त्यका लागि राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको पनि उहाँले गरे ।

महासचिव गुटेर्रेस विश्वभरका हरेक तीन महिला मध्ये एक महिला हिंसाबाट प्रभावित भएको पाइएको पनि जानकारी दिए ।

यस बर्षपनि अघिल्ला बर्षमा झै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

मंगलबार, १० मंसिर २०७६, १५ : ०७

प्रतिक्रिया