नेपाल वायु सेनाको दोस्रो वाईडबडी विमान नेपाल भित्रियो

५ बर्ष अगाडि

काठमाडौं– नेपाल वायु सेना निगमले दोस्रो वाईडबडी विमान पनि भित्रयाएको छ । ए ३३०–२०० सिरिजको विमान बिहिबार बिहान करिव सवा नौं बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
 ‘मकालु’ नाम दिइएको सो नयाँ विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीहरुले स्वागत गरेका छन् ।
विमानलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नयाँ विमानसहितका २ वटा वाईडबडी विमानले तत्काल जापान, दक्षिण कोरिया र साउदी अरेवियाको उडान भर्ने योजना सार्वजनिक गरे ।
उनले सरकारले ५ वर्ष भित्र १० वटा वाईडबडी विमान भित्रयाएर युरोपीयन मुलुकहरुमा पनि उडान भर्ने लक्ष्य लिएको पनि स्मरण गराए । पर्यटकहरुको आगमनलाई सहज बनाउन सरकारले विमान खरिदको कामलाई अघि उच्च प्राथमिकताका साथ अघि बढाएको हो ।
आज भित्रयाइएको वाईडबडी नयाँ विमान निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग खरिद गरिएको हो । 
विमानको खरिद मूल्य २१ अरव ९० करोड रुपैँया रहेको पनि निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । यसअघि गत असार १४ गते पनि निगमले पहिलो वाईडबडी विमान भित्रयाएको थियो । 
दुवै वाइडबडी विमानको सिट क्षमता २ सय ७४ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया